भगवान राम र लक्ष्मण बारे त सबैलाई थाहा नै छ । तर के तपाईलाई थाहा छ । भगवान रामकी एउटा दिदी पनि थिइन् । उनको नाम शान्ता थियो । भारतमा शृंग ऋषि मन्दिर छ जहाँ रामकी दिदी शान्ताको पूजा गरिन्छ । भारतको कुल्लु शहर नजिकै रहेको उक्त मन्दिरमा शान्ता र उनका पति शृंग ऋषिको मुर्ति बनाइएको छ ।

पौराणिक कथा अनुसार उनका पति शृंग ऋषि ऋषिशृंग विभण्डकका पुत्र थिए । ऋषिशृंगले नै सम्राट दशरथको छोरा होस् भनेर यज्ञ गराएका थिए । यज्ञ गराएकै स्थानमा हालसम्म पनि उनको आश्रम छ ।

रोमपद आफ्नी पत्निसहित अयोध्या आएपछि राजा दशरथलाई थाहा भयो कि उनका कोहि सन्तान थिएनन् । त्यसपछि राजा दशरथले उनलाई सन्तान बरदान दिए । राजा दशरथले अंगदेशका राजा रोमपदलाई आफ्नी छोरी शान्ता धर्मपुत्रीको रुपमा दिएका थिए ।

देवी शान्ताको विवाहबारे भनिन्छ कि एक दिन एक ब्राम्हण उनको दैलोमा आए र खेतिपातीमा मद्धतको लागी प्राथना गरे । तर आफ्नी छोरीसंग व्यस्त रहेको कारण रोमपदले ब्राम्हणको कुरा सुनेनन् र ब्राम्हण निराश भएर त्यहाबाट निस्किए ।

आफ्ना भक्तसंगको यस्तो व्यहारले इन्द्रदेव रोमपदसंग रिसाए र उनको क्षेत्रमा पानी पारिदिएनन् । जसको कारण खेत सुके । यस्तो संकटमा राजा रोमपदले शृंग ऋषिलाई आग्रह गरे र ऋषिले भगवान इन्द्रलाई खुसी पार्न यज्ञ सुरु गरे । त्यसपछि देवी शान्ताको विवाह ऋषिसंग भयो ।