२१ साउन, चितवन ।

भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी छन ।

अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहालले ४३ हजार १ सय २७ मत ल्याएर मेयरमा विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्दी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका छन ।

उपमेयरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनकी पार्वती थापा ४७ हजार १ सय ९७ मतका साथ विजयी भएकी छन ।