२१ साउन, काठमाडौं । भरतपुर महानगरपालिका वडा २० को ४ सय २ मत गणना भएको छ ।

यहाँ गणना भएको प्रारम्भिक मतपरिणाममा पनि माओवादी केन्द्रकी मेयर उमेद्बार रेणु दाहालले मतान्तर अझै घटाएकी छिन् ।

जम्मा ३३ सय मत खसेको यो वडामा रेणुले देबी ज्ञवाली भन्दा ५१ मत बढी पाएकी छिन् ।

अब मतान्तर घटेर १ सय ७० मा आएको छ । देवीले कूल ४२ हजार ६९ मत ल्याएका छन् भने रेणुको ४१ हजार ८ सय ९९ मत छ ।

यहि अनुपातमा मत आए रेणुले जित्ने आंकलन गरिएको छ । २० नम्बर वडामा १९ को तुलनामा मतगणना केही सुस्त भएको बताइएको छ ।