२८ कात्तिक, काठमाडौं । साविक बिजेता भारत बंगलादेशसँग पराजित भएपछि नेपाल १९ वर्ष मुनिको एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा बंगलादेश भारतसँग ८ विकेटले पराजित भएपछि नेपालले सहजै सेमिफाइनलको यात्रा तय गरेको हो । ३२ ओभरमा छोट्याइएको खेलमा पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

जवाफमा २८ ओभरमा बंगलादेशले २ विकेट गुमाएर १ सय ९१ रन बनाउँदै लक्ष्य पार गर्यो । समूहमा बंगलादेश अपराजित रहँदै शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा रहेको नेपाल उपबिजेता हुँदै अर्को चरणमा प्रवेश गर्यो । यसअघि आजै नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।