एजेन्सी ।

भारत सरकारले ८५७ वटा अश्लिल चलचित्र राख्ने वेबसाइट बन्द गराएपछि भारतमा यसको तिव्र विरोध भैरहेको छ । नरेन्द्र मोदीको सरकारले अश्लिलता फेलाएको र भारतीय संस्कृति विरुद्ध भन्दै यस्ता साइट बन्द गराएपछि यसको पक्ष र विपक्षमा तर्क हरु आइरहेका छन् ।

पोर्न साइट बन्द भएपछि सामाजिक सञ्जालहरुमा भारतीहरुले आक्रोश पोखिरहेका छन् । फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत भारतीय नागरिकले सरकारको कडा बिरोध गरिरहेको समयमा चर्चित पूर्व पोर्नस्टार सन्नी लियोनको पोर्नसाइट भने बन्द नभएको खुलासा भएपछि भारतमा हंगामा भएको छ ।

sunny leone sick

 

बलिउडमा सँधै हंगामा गरिरहने अभिनेता केआरकेले सन्नी लियोनको साइट बन्द नगरेको भन्दै खिल्ली उडाएका छन् ।

Kamal K R Khan

सन्नी लियोनको sunnyleone.com मा सरकारले प्रतिबन्ध नलगाएको भन्दै उनले सरकारमाथि ब्यङ्ग्य गरेका छन् ।