एजेन्सी । सिक्किमको डोकलाम क्षेत्रमा दुई देशबीच सीमा विवाद बढिरहेका बेला चीनले भारतलाई फेरि चेतावनी दिएको छ ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता वू कियानले आज फेरि चेतावनी दिएका हुन् ।

उनले भने, ‘चीनले डोकलाममा सेना बढाउनेछ, हामी कुनै पनि मूल्यमा हाम्रो क्षेत्रको रक्षा गर्नेछौं ।’ उनले अघि थपे, ‘देशको रक्षा गर्नका लागि हाम्रो विश्वासमा कसैले पनि धावा बोल्न सक्दैन, पहाडलाई हल्लाउन सकिएला तर चीनियाँ सेनालाई हटाउनु त्यो भन्दा पनि मुश्किल हुनेछ ।’

उनले चीनको संप्रभुता रक्षाका लागि कुनै पनि मूल्य चुकाउन आफूहरु तयार रहेको बताएका भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । विवादित डोकलाम क्षेत्रमा ३९ दिन देखि भारत र चीनका सेना आमनेसामने छन् ।

डोकलाम भारत, चीन र भुटानको सीमा क्षेत्र हो जहाँ चीनले सडक बनाइरहेको छ र यसको भारत र भुटानले विरोध गरिरहेका छन् । विवाद समाधानका लागि भारतीय सेना फिर्ता जानु नै उत्तम हुने उनले बताए । चीनले डोकलामा आफ्नो भूमि भएको दाबी गर्दै आएको छ ।