१० असोज, परासी ।

परासी भुमही सडक खष्ड अन्तरगत नवलपरासीको रानिपाकडमा वाइसियलका कार्यक्रताहरुले भारतीय ओभर लोड मालवाहक ट्रकलाई रोकेका छन।

भारतवाट आउने ओभर लोड मालवाहक ट्रकलाई ट्राफिकले वेवास्ता गर्ने गरेको र नेपाली ट्रकलाई भने जरिवाना गर्ने गरेकोले वाइसियलका कार्यकरताहरुले सो को विरोध गरेको बताएका छन।

परासी भुमही सडक ठाउँ ठाउँमा टुटफुट र पुलहरु कमजोर अवस्थामा रहेको हुँदा ट्राफिक प्रहरीले भारतीय मालवाहक ट्रकहरु ६४ चक्के ३२ चक्के मा भारतवाट दुई सय टन ,ढेड सय टन मालसमान लिएर अाउँदा ट्राफ्रिक र प्रहरीले वेवास्ता गर्ने गरेकाे र नेपाली ट्रकलाई भने जरिवाना गर्ने गरेकाेमा वाइसियलले विराेध स्वरुप भारतिय ५/७ वटा मालवाहक ट्रकहरु राेकेका हुन।जसले गर्दा २ घन्टा सम्म वाटाे अवरुध भएको थियो।

प्रहरी र वाइसियल विचको वार्ता पश्चात् बाटाे सुचारु भएता पनि ट्रकहरुकाे साँचाे वाइसियलले लिएकाे वाइसियलका हरिभन्डारीले वताएका छन  ।