१३ मंसिर, जनकपुर । जनकपुरमा भारतीय ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ की ३५ वर्षीया प्रतिमा झा रहेकी छिन् जनकपुरको भ्रमरपुर चोकमा ज ६ प ९३२८ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको ट्रिपरले पछाडीबाट ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक शत्रुघ्न यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरी प्रमुख ज्ञान कुमार महतोले जानकारी दिए् । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।