२७ असोज, अङ्कारा । अमेरिका र टर्की बीचको भिषा सम्बन्धि विवाद अन्त्य गर्न दुई देशकाबीचमा छलफल हुनेभएको छ । टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै बार्ता हुन लागेको बिहीबार जानकारी दिए ।

“दुई देशका प्रतिनिधिहरुकाबीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ,” एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भने ।

गत आइतबार अङ्करामा रहेको अमेरिकी दूताबासले टर्कीलाई कुनैपनि कुटनीतिक सेवा नदिने घोषणा गरेको थियो ।
अमेरिकाको घोषणापछि प्रतिक्रिया स्वरुप टर्कीको दूताबासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ । अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडी सुरक्षा कारण देखाएका छन् ।

गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको भत्सर्ना गरेका थिए । उनले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पारे ।

मालपोत कार्यालय बागलुङका प्रमुख बिश्व नाथ शर्मा लाई सेवाग्राही संग १० हजार घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान पोखराले पक्राउ गरेको छ । (रासस/सिन्ह्वा)