त्यसो त समयसँगै आफूलाई परिवर्तन गर्नु नै समझदारी हो, तर कुनै परम्परा यस्ता हुन्छन्, जसको आफ्नै महत्व हुन्छ र फाइदा पनि हुन्छ । जस्तै, भुई वा जमिनमा बसेर खाना खानु । हिजो–आज समयको माग भन्दै जुनसुकै क्षेत्रमा परिवर्तन आइरहेको छ ।

पहिले–पहिले, भन्सामा होस् वा कुनै सभा समारोहमा खाना भुईमा बसेर खाइन्थ्यो । तर, अब त्यो सबै डाइनिङ टेबलले प्रतिस्थापन गरिसकेको छ । आउनुहोस्, तपाईलाई जमिन बसेर खाना खानको फाइदाबारे बताउँछौ ।

– तपाईले सुखासन योगको बारेमा सुन्नुभएको होला, जसमा पलेटी मारेर बसिन्छ । भुई वा जमिनमा बसेर खाँदा पनि हामी पटेली मारेर खान्छौ, जसले हाम्रो शरीर लचिलो बन्छ र मन शान्त रहन्छ । यसबाहेक जमिनमा बसेर खानाले तनाव पनि भाग्छ ।

– भुईमा पलेटी कसेर खाँदा हाम्रो शरीरको वजन नियन्त्रण हुन्छ, जसले मोटोपनजस्ता समस्या आउन दिँदैन । पलेटी मारेर खाना खानले तपाईको दिमाग शान्त हुन्छ र पुरा ध्यानका साथ खाना खान सक्नुहुन्छ ।

– भुईमा बसेर खाँदा हाम्रो शरीर अगाडि झुक्छ र फेरि सिधा मुद्रामा आउँछ । यस्तो अवस्थामा हाम्रो शरीरमा पाचन क्रिया सही रहन्छ र अपचको समस्या रहँदैन ।

– जमिनमा अथाव भुईमा पलेटी मारेर खाना खाएमा शरीरमा रगतको सञ्चार सही तरिकाले हन्छ । तर, यदि तपाई कुर्सी वा डाइनिङ टेबलमा बसेर खानुहुन्छ भने खाइरहेको समय ब्लड सर्कुलेसन विपरित हुन्छ ।

– यो तरिकाले खाना खाने गर्नुभएको छ भने, तपाई चाँडै बुढो देखिनुहुन्न, किनकि यस मुद्रामा बसेर खाना खानाले हड्डी र पिठ्युस्ँग जोडिएको समस्या उत्पन्न ह्ँदैन ।

– भुईमा बसेर खाना खाने गर्नुभएको छ भने तपाईको परिवारमा पक्कै पनि एक प्रकारको प्रेमिल माहोल हुनसक्छ । परिवारको सदस्य वरिपरी बसेर खाना खानाले आपसमा प्रेम र सामानजस्य बढ्छ । तपाईले यहो गर्नुभएको छैन भने, परम्परालाई थोरै अपनाउनुहोस्, तपाईको परिवारमा प्रेम बढ्ने छ ।