फोहोर कानलाई सफा गर्न प्रयोग गरिने ‘इयर बड’ले कानलाई असर गर्छ । जसले गर्दा कानको पर्दा फाट्न सक्ने हुन्छ । सुन्ने क्षमता कम हुनसक्छ वा कानसँग जोडिएको धेरै समस्या आउन थाल्छन् । जान्नुहोस् यस्ता ८ कारण जसले ‘इयर बड’ले कान सफ गर्न हुँदैन ।ear-bud-15322516

१. कहिले काही इयर बडले कानको फोहोर निकाल्नुको सट्टा भित्रसम्म पसेर जालीसम्म पुग्ने हुन्छ । यसो भएमा कम सुनिने, कानमा सिट्ठी बज्ने जस्ता समस्या आउन सक्छन् ।

के तपाईँको कान सुसाउने, सिट्ठी बज्ने वा घण्टी बज्ने हुन्छ? यस्ता छन् अपत्यारिला कारण

२. कानको जाली निकै नाजुक, नरम हुन्छ, जहाँ इयर बडजस्ता कोमल चीजले पनि असर पुर्याइदिन्छ । जसले गर्दा कानको भित्रि छाला पिल्सिन सक्छ ।

३ं. इयर बडको रुई कानभित्र रहेमा नुहाउँने क्रममा पानी कानभित्र गई रुइमा सोसिन्छ र इन्फेक्सन हुने सम्भावना बढेर जान्छ ।

४ं. कहिलेकाही इयर बड कानको निकै भित्रसम्म पस्छ, जसले कानको जालीलाई नराम्ररी प्रभावित गर्छ ।

५. इयर बडले कान सफा गर्दा कान चिलाउने हुन्छ । यस्तो अवस्थामा बारम्बार केहि न केहिले कान चलाइरहने बानी पर्न थाल्छ ।

६. पुरानो इयर बडले सफा गर्दा कानमा संक्रमण हुन सक्छ ।

७. कानको प्वालमा रौले रोकेर राखेको धुलो वा मैलोलाई कहिले काही इयर बडले भित्र पसाउने काम गर्छ ।

८. बारम्बार इयर बड कानमा घुसाउने गर्नाले प्वाल चौडा हुँदै जान्छ । जसका कारण कानमा धुलो–मैलो सजिलै छिर्ने र जालीलाई असर गर्ने हुन्छ ।