१४ भदौ, काठमाडौं । नयाँ सरकार बनेपछि भूकम्प पीडितलाई अनुदान रकम वितरणमा तिब्रता ल्याउन निर्देशन दिएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तदारुकताका साथ काम अघि बढाएको छ ।

के प्रचण्डले मोदीसँग माफी मागेकै हुन् ?

अहिलेसम्म प्राधिकरणले १० अर्ब २ करोड ३६ हजार रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ । संसदको विकास समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्म २ लाख ४ सय ७२ घरधनीको बैंक खातामा पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पठाइसकेको बताए ।

कार्यवाहक अध्यक्षको हैसियतमा बालुवाटार छिरे बामदेव

प्राधिकरणले गत फागुन मसान्तदेखि अतिप्रभावित दोलखाबाट निजी घर बनाउन अनुदान सम्झौता सुरु गरेको थियो । हिजोसम्ममा अतिप्रभावित ११ जिल्लाका ३ लाख ९४ हजार ९ सय १५ घरधनीसँग अनुदान सम्झौता भइसकेको प्रगति विवरण पनि ज्ञवालीले समितिको बैठकमा पेश गरे ।उपत्यका बाहिरका ११ जिल्लामा असोज २ गतेभित्र पहिलो किस्ता बाँडिसक्ने लक्ष्यका साथ सम्झौता चलिरहेको र उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अहिलेसम्म ६३ हजार ६ सय ३ घरपरिवारको सर्भेक्षण भइसकेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

पत्रको विषयलाई लिएर निधी र रावलबीच बालुवाटारमा चर्काचर्की

पुननिर्माणसँग सम्बन्धित १ लाख ५८ हजार ४ सय ६६ गुनासो दर्ता भएकामा स्थानीय तह र केन्द्रमा गुनासो सुनुवाई चलिरहेको प्राधिकरणको भनाई छ । त्यस्तै, १ सय १७ जोखिमयुक्त क्षेत्रको अध्ययन गरेर ५६ वटा बस्तीहरु स्थानान्तरणका लागि एकीकृत बस्ती निर्माण अध्ययन कार्य अघि बढाइएको ज्ञवालीले बताए ।