२४ भदौ, नवलपरासी । नवलपरासी जिल्लामा भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीको कार्यालयबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा विभिन्न सरोकारवालाले एक्यबद्धता जनाएका छन् ।

जिल्लास्थित विभिन्न सार्वजनिक कार्यालयलाई अझ बढी पारदर्शी एंव जवाफदेही बनाउनका लागि अभियान सञ्चालन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली बताए ।