२७ बैशाख, काठमाडौ ।

निर्वाचन आयोगले प्रमुख दलका शिर्ष नेतासँग अहिले छलफल गरिरहेको छ । स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतदानको ४ दिनअघि प्रमुख दलका शिर्ष नेतालाई आयोगले छलफलका लागी बोलाएको हो ।

छलफलमा निर्वाचन तयारी, मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता लगायतका बिषयमा आयोगका पदाधिकारीले शिर्ष नेताहरुलाई ध्यानाकर्षण गराईरहेको छ ।

छलफलमा प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिपक्षि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्ग, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइ तथा मधेश केन्द्रीत दल र राप्रपाका नेताहरु सहभागी छन ।