१० जेठ, धनगढी ।

यहाँस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ ।

आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिका श्यामराज जोशीले बताए ।

मतपत्र च्यातेको आरोपमा प्रहरीले नेविसङ्घका केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ । मत गणनामा अनेरास्ववियुका सभापति उम्मेदवारले अग्रता लिइरहदा मतपत्र च्यातिएको जनाइएको छ ।

सात नम्बर प्रदेशको सबै भन्दा ठूलो र झन्डै चार हजार विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियुको निर्वाचन भएको थियो । क्याम्पसमा यसअघि गत फागुनमा स्ववियुको चुनाव हुन सकेको थिएन । रासस