७ माघ, तौलिहवा ।

पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मधेसी, जनजाती, आदिबासी र थारुका माग सम्बोधनका लागी संविधान संसोधनको आवश्यकता रहेको बताएका छन ।

कपिलवस्तुको तौलिहवामा रेडियो हुँदाको उदधाटनका लागी आएका नेता भट्टराईले सो बिचार व्यक्त गरेका हुन । सो अवसरमा बोल्दै उनले मधेसी, थारु, आदीबासी र जनजातीको संविधानमा अधिकार पुरा नभएको भन्ने गुनासो सम्बोधनका लागी संविधान संसोधनको आवश्यकता रहेकोमा उनले जोड दिए ।

फाइल तस्बिर

फाइल तस्बिर

संविधान संसोधन पछि मुलकुका सबै राजनैतिक दल बिच एकता गरि बिकास र समृद्धिको लागी लाग्नु पर्ने उनले सुझाव दिए । बिगतमा मुलुक बिकासका लागी सबैदलको महत्वपुर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उनले अब बिकास र सम्बृद्धिका लागी सबैको एकता आवश्यक रहेको उनले बताए ।

हिमाल, पहाड र तराईलाई एकाकार गरि सबैको सहभागीतामा मुलुक रुपमा मुलुकको बिकासको लागी आफनो पार्टीले भुमिका निर्वाह गर्ने उनले स्पष्ट पारे । उनले कपिलवस्तुका जनताले पछिल्लो समय यस क्षेत्रमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याई बिकास तर्फ अगाडी बढने सोच बनाएको बताउदै त्यसका लागी आफुले हरेक तवरबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पार्टी नेता तथा पुर्वमन्त्री दानबहादुर चौधरी, रामलौटन तिवारी लगायतले सम्बोधन गरेका थिए ।