२३ कात्तिक, काठमाडौं ।

तराई मधेस केन्द्रित राजनीतिक दलले व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध गरेका छन् ।

थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेसको समस्या समाधान गर्न कुनै चासो नदिएको भन्दै सदनको कारबाही चल्न नसक्ने बताए पछि तराई मधेस केन्द्रित दलका सांसदले नाराबाजी गर्दै संसदको कारबाही चल्न नसक्ने भन्दै नाराबाजी गरे ।

CA narabaji

सभामुख ओनसरी घर्तीले पटक–पटक आसन ग्रहण गर्न सांसदलाई आग्रह गरेको भएपनि नाराबाजी कायम रहेका कारण उनले बैठक स्थगन गरिन् । तराई मधेसको माग सम्बोधन गर्न तत्काल संविधान संशोधन गर्नुपर्ने, सङ्घीय प्रदेशको सीमाङ्कनलगायत विषय सच्याइनुपर्ने उनीहरुको माग थियो ।

यसरी माग गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक मञ्च थरुहट, नेपाली जनता दललगायत छन् ।

लगातारको नाराबाजीपछि सभामुख घर्तीले व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी मङ्सिर ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको जानकारी गराइन् । रासस