१० फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको बारेमा छलफल गर्न बोलाएको सर्वदलिय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिष्कार गर्ने निर्णय गरेको छ ।

फाइल तस्बिर

मोर्चाले तीन बुँदे सहमति विपरीत सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।

उनले नेपाली हेडलाइन्ससंग भने, ‘निर्वाचनको मिति घोषणाप्रति हाम्रो असहमति छ, सरकारले बोलाएको बैठकमा हामी जादैनौ ।’

यो पढ्नुस्।

यही हप्तादेखि आचारसंहिता लागू गर्ने आयोगको घोषणा