१० साउन, काठमाडौं ।
मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । नियमति रुपमा बस्ने आजको बैठक अपरान्हका लागि बोलाइएको छ ।
बैठकमा सरकारले वार्ताका लागि औपचारिक रुपमा आब्हान गरेका दलहरुसँगको प्रगति, निर्वाचन आचारसंहीता जारी पछिको समिक्षा लगायतका बिषयमा छलफल हुने भएको छ । अपरान्ह बस्ने बैठकमा सरकारले बाढी पीडितका लागि संकलन गरेको राहत वितरण लगायतका बिषयमा पनि कुराकानी हुने बताइएको छ । आचारसंहीता लागु हुनु अघि बसेको बैठकले सयौं कर्मचारीको सरुवा गरेको थियो ।