२६ फागुन,    काठमाडौँ । भूमिसुधार तथा व्यवस्थामन्त्री टोपबहादुर रायमाझीले ‘सरकारी जग्गा व्यक्तिलाई दिने तयारी’ भन्दै आफ्नो नाम मुछिएर आएको समाचारप्रति आपत्ति जनाएका छन्।

    मन्त्रालयमा आज पत्रकार सममेलन गर्दै मन्त्री रायमाझीले काठमाडौँको रामकोट गाविस र धादिङको निलकण्ठ गाविसका केही जग्गाका विषयमा बिनाआधार र बिनातथ्य आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले समाचार आएको भन्दै आक्रोश पोखेका हुन्।

उनले  समाचार मन्त्रालयभित्रैबाट गएको भन्दै यस विषय र विवादित जग्गाको विषयमा समेत थप छानविन गरिने जानकारी समेत दिए।

    रामकोटमा प्राविधिकरुपमा नक्सा गल्ती भएकाले अस्तित्वमा नरहेको जग्गा पर्ति जग्गाको रुपमा देखिएको र त्यो नक्सा सच्याउन आफूले मन्त्रिपरिषद्को बैठकमा लगेको मन्त्री रायमाझीले स्पष्ट पारेका थिए