मलमास, अधिकमास अर्थात पुरुषोत्तम मास । प्रत्येक ३ वर्षमा मात्र यस्तो योग बन्ने बताउँछन् ज्योतिषविज्ञहरु । बुधबार देखि अधिकमास शुरु हुँदैछ । असार मसान्त सम्म रहने यो पटकको मलमासलाई निक्कै महत्वपूर्ण मानिएको छ । किन भने यस्तो योग १९ वर्षमा पहिलो पटक बनेको छ । मलमासमा मंगल कार्य गरिँदैन तर भगवानको पुजा र तीर्थ यात्रा भने रोकिँदैन ।

adhik mass 1
मलमासमा सबैभन्दा प्रभावित विवाह गर्न चाहने र भर्खरै विवाह गरेका जोडीहरु हुन्छन् । मलमासको समयमा नवविवाहित जोडी सँगै बस्न नहुने विश्वास गरिन्छ ।

मलमासको समयमा भगवान शिवको पुजा आराधाना गर्नु फलदायी मानिन्छ । विद्वानहरुका अनुसार हरेक ३ वर्षमा अधिक मास हुन्छ । वर्ष सौर र चन्द्र मासमा विभाजित हुन्छ ।

adhik mass

एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुन्छ । चन्द्रमासमा सूर्य सङ्क्रान्ति नपरेमा अधिकमास पर्छ । सौरमास र चन्द्रमासमा समीकरण मिलाउन अधिकमासको परिकल्पना गरिएको शास्त्रमा उल्लेख छ । यस्तो अवस्था ३२ महिना १६ दिनमा अर्थात हरेक तीन वर्षमा एक पटक आउँछ । सौर मास १२ हुन्छन भने राशि पनि १२ हुन्छन् । जब दुई पक्षमा पनि सक्रान्ति पर्दैन तव अधिक मास मानिन्छ ।

मलमासमा भगवान विष्णुको पुजा गर्नु पनि राम्रो मानिएको छ । असार महिनामा मलमान पर्ने संयोग दशकौं पछि परेको हो । यस अघि सन् १९९६ मा मात्र यस्तो संयोग परेको थियो । अव सन् २०३५ मा मात्र यस्तो हुने छ ।

मलमासकै कारण यस पटक चाडपर्व भने पछि पुगेका छन् । अधिक मासको समयमा विवाह, गृहप्रवेश, ब्रतबन्ध लगायतका धार्मिक कृत्य गर्न नहुने बताइएको छ ।

यो पनि पढ्नुहोस।
हाम्रो जीवनकालमा पुरा नहुने १२ वैज्ञानिक भविष्यवाणी
पत्यार नलाग्ने ७ भविष्यवाणी जुन पुरा भए
गर्मीमा के गर्ने के नगर्ने? थाहा पाइराख्नुस् २२ शुत्र
गर्मी भयो ? औषधी होइन यी ५ चिज सेवन गर्नुस्