१२ भदौ, क्वाललम्पुर ।

सरकारमा भ्रष्टाचार बढेको तथा वर्तमान प्रधानमन्त्रीले केही गर्न नसकेको भनी मलेसियामा सरकारका विरुद्धमा आन्दोलन सुरु भएको समाचार छ ।

मलेसियाका हजारौँ नागरिक शनिबार राजधानी क्वाललम्पुरमा जम्मा भएका छन् । उनीहरुले सरकारी क्रियाकलापहरुको विरोध गरिरहेका बताइएको छ ।

उनीहरुले वर्तमान सरकारबाट प्रधानमन्त्रीेले राजिनामा दिई नयाँ सुधारका कार्यक्रमहरुको पनि घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुमधये कयौँले पहँेलो टिसर्ट पनि लगाएका छन् । यो रङ्गको टिसर्ट लगाएर जुलुशमा हिड्न सरकारले प्रतिबन्ध लगाएको छ ।

malasiya tower

प्रहरीले सो क्षेत्रमा आन्दोलन गर्नेलाई प्रतिबन्धित गरिएको भन्दै राजधानीमा जुलुश ननिकाल्न चेतावानी दिएका छन् । तरपनि जनताले भने प्रहरीको चेतावानीको बेवास्ता गरेको पाइएको छ ।

मध्य क्वाललम्पुरमा जम्मा भएका उनीहरुले सरकार विरोधी आन्दोलन सुरु गरिएको बताएका छन् । शनिबार उनीहरुले सरकरका विरुद्धमा जुलुश निकाल्ने तयारी गरेको तर प्रहरीले राजधानीमा नारा जुलुश गर्न नपाइने भनी नियन्त्रणको प्रयास गरेका जनाइएको छ ।

प्रधानमन्त्री नजिव राजाकका विरुद्धमा आन्दोलनको सुरुवात भइसकेको जानकारी राजधानी सहरमा जम्मा भएका जनताले गरिसकेका छन् ।

एकजना ५८ वर्षीय सेइला देवराजले भने– हामीले प्रधानमन्त्री राजाकलाई देखाउन चाहन्छौँ कि उहाँलाई कतिजना मलेसियाली नागरिकले मन परादैनन् भनेर ।

प्रधानमन्त्रीले आफ्नो पदबाट राजिनामा दिनुपर्ने माग क्वाललम्पुरमा जम्मा भएका नागरिकले गरिरहेका छन् ।

उनीहरुले सरकारमा भ्रष्टाचार बढेको, मन्त्रीहरुले घुस लिएर काम गर्ने गरेको तथा पछिल्लो समयमा देशको आर्थिक विकासको गति अत्यन्तै मन्द भएको भन्दै सरकारले राजिनामा दिनुपर्ने बताएका हुन् । रासस÷एएफपी