१७ बैशाख, काठमाडौं । सरकारले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध पेश गरेको महाअभियोग प्रस्तावबारे सत्तारुढ दल राप्रपाले नै विरोध गरेको छ ।


राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै प्रधानन्यायधीश कार्कीविरुद्ध दर्ता गरेको प्रस्ताव अपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, प्रन्या सुशीला कार्कीविरुद्ध काँग्रेस–माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण।

न्यायीक स्वतन्त्रता माथि गम्भीर आक्रमण । यसले सत्तारुढ दलभित्रै पनि स्पष्ट छलफल नभएको पुष्टि गरेको छ । संसदमा महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाई चाहिने भएकाले सत्तारुढ दलकै यस्तो प्रतिक्रियाले सरकार अफ्ठेरोमा पर्ने देखिएको छ ।

 याे पढ्नुस्: एमालेले मुख खोल्यो, यस्तो छ तात्तातो प्रतिक्रिया