त्रीमूर्तीदेव महादेवका धेरै कुराहरू रहस्यमय छन्। तीमध्ये उनको तेश्रो आँखा पनि एक हो। हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएअनुसार, उनको तेश्रो आँखासँग सारा सृष्टिलाई भष्म गर्न सक्ने शक्ति रहेको छ। जब शिवजी क्रोधित हुन्छन्, तब उनले तेश्रो आँखा खोलेर दोषीलाई सजाय दिन्छन् भन्ने विश्वास गरिन्छ।

उनको यस्तो विनाशकारी ‘तेश्रो आँखा’कै कारणले गर्दा नै शिवजीलाई ‘संहारकर्ता’ भनिएको हो भनेर धेरैले अनुमान गर्छन्।

(महादेवको पुजा गर्दा यी वस्तुहरू नचढाउनुहोस् नत्र महादेव क्रोधित बन्नुहुनेछ)

अध्यात्मवादका अनुसार, तेश्रो आँखा भनेको ‘ज्ञानको आँखा’ हो र हरेक मानिसको तेश्रो आँखा हुन्छ। तर हाम्रो तेश्रो आँखा विनाशकारी हुँदैन। जब हामीले आफ्नो तेश्रो आँखाबाट हेर्न सक्छौँ, तब मात्रै यो प्रकृति अनि संसारको सत्यतालाई बुझ्न सक्छौँ।Angry Mahadev

त्यसैले, शिवजीको तेश्रो आँखालाई ‘ज्ञानको आँखा’ पनि भन्ने गरिन्छ। उनका दुई आँखाले भौतिक संसारको गतिविधिलाई जनाउँदछ भने तेश्रो आँखाले उनको आध्यात्मिक ज्ञान र शक्तिलाई बुझाउँदछ।

महादेवको तेश्रो आँखाको उत्पत्तीको कथा पनि एकदमै रोचक छ। शिवपुराणमा उल्लेख गरिएअनुसार, उनको तेश्रो आँखाको उत्पत्ती यसरी भएको थियोः

कामदेव र महादेव

महादेवकी धर्मपत्नी ‘सतिदेवी’को मृत्युपश्चात उनी एकदमै विह्वल भएका थिए। सतिदेवीको लाश बोकेर क्रोधित अनि दुखी हुँदै महादेवले संसार चहारेका थिए। अन्त्यमा, सतिदेवीको सारा शरीर पतन भएपछि महादेवले आफूलाई एउटा गुफामा थुनेर अन्तर्ध्यान गर्न लागे।

महादेवको त्यस्तो स्थितिले सारा देवलोकमा उथलपुथ मच्चिन थाल्यो। कैयौँ देवताहरूको कोशिसले पनि महादेवलाई गुफाबाट बाहिर निकाल्न सकेन। त्यसपछि विष्णु भगवानले महादेवलाई शान्त बनाउन ‘कामदेव’ (प्रेमको देवता) लाई पठाए।

कामदेवको वाणले जस्तोसुकै कठोर मनलाई पनि मायालु स्वभावको बनाउन सक्ने ग्रन्थहरूमा उल्लेख गरिएको छ।

महादेव गहिरो ध्यानमा थिए। ध्यानकै क्रममा उनले सतिदेवीको मृत्यु किन भयो, यो सारा संसारको अर्थ के हो, प्रकृतिको रिती के हो भन्ने कुराको मूल रहस्य पत्ता लगाए। त्यहिँबाटै उनको तेश्रो आँखाको उत्पत्ती भएको विश्वास गरिन्छ।

यता फेरि देवताहरूले कामदेवलाई शिव भएको ठाउँमा पठाएका थिए। अनि जब कामदेवले महादेवलाई आफ्नो मायावी वाणले प्रहार गरे, तब शान्त हुनुको सट्टा झन् महादेव क्रोधित हुन थाले र तेश्रो आँखा खोलेर कामदेवलाई उहिँ भष्म गरिदिए।Mahadev punishing Kamdev

तेश्रो आँखाको अर्थः

यहि घटनाबाट प्रष्ट हुन्छ- तेश्रो आँखाले ‘इच्छा र चाहनाको अस्वीकार’लाई सङ्केत गर्दछ। यसले ‘माया र चाहना’को देवता कामदेवलाई भष्म गरिदिएको थियो। महादेवको इच्छा र चाहना भनेकै सतिदेवी थिइन्। जब आफूले चाहेको वस्तुको अस्तित्व हराउँछ, तब अपार दुःख, तृष्णा अनि क्रोधले दिमागमा बास गर्छ। ध्यानबाट महादेवले यो सत्यतालाई बुझेका थिए।

यो पनि हेर्नुहोस्-
भगवान शिवका पिता को हुन?
भगवान शिवको घाँटी कसरी नीलो भयो?
कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप
भेटियो शिवलिङ्ग र विष्णु भगवानको शिला
हिन्दु धर्ममा ‘मयूर’ चराको महत्व, मयूरका रोचक कुरा