२४ असार, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा (एमाले)का विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याएका छन ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको ९ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको ८ हजार २८४ मत रहेको छ ।