इङल्याण्डमा बग्ने व्हार्फ नदीलाई निकै खतरनाक मानिन्छ। जो नदिमा जान्छ उ जिउँदै फर्कदैन, मृत शरिर समेत नभेटिने बताइन्छ। प्राकृतिक सुरन्दरताले भरिपूर्ण यो नदी बोल्टनको अब्बेमा केवल ६ फिटमात्र चौडा छ, त्यसलै नदीको गहिर्याइ त्यहाँ निकै बढी छ। ढुङ्गै ढुङगामा ठोक्कदै बग्ने यो नदीको वहाव पनि निकै उच्च छ। यस्तोमा कोही नदीमा हाम्फालिहाले नदीको तेज वहाव र चट्टानी किनाराको कारण ज्यान जाने सम्भावना बढी हुन्छ।Bolton Strid (6)

योर्कशायर भन्ने ठाउँमा भने नदीको वहाव कम छ। चौडाइ ३० फिटको हाराहारीमा भएकाले योर्कशायरमा यहि नदी कम खतरनाक मानिन्छ। पहाडी क्षेत्र हुनाले अब्बेमा भने नदीको वहाव निकै बढी छ।

Bolton Strid (4)

नदीमा जान प्रतिबन्ध

स्थानिक प्रशासनले सो नदीमा जान प्रतिबन्ध लगाएको छ। नदीको आसपास नदीमा नुहाउन, पौडन वा डाइभिङ गर्न नपाइने भनि बोर्ड पनि लगाइएको छ। सावधानी अपनाउन भन्दा भन्दै पनि मानिसहरु नदीमा हामफाल्छन्। सन् २०१० मा ८ वर्षको एक बालकको मृत्यु यहि नदीमा डुबेर भएको थियो।

Bolton Strid (1)

छोराको मृत्यु पछि दान

यो क्षेत्रको जग्गा अलाइस डि रोमिल्ली नामक एक महिलाको थियो। सन् ११५४ मा उनको छोराको मृत्यु यहि नदीमा खस्नाले भएको थियो। त्यसपश्चात अलाइसले आसपासको पुरै क्षेत्र बोल्टन प्रायरी ईसाई मठ बनाउन दान दिएकी थिइन।

Bolton Strid (3) Bolton Strid (5) Bolton Strid (2)

यो पनि पढ्नुस्।

विश्वका १० सुन्दरी महिला रेसलर

विश्वका सबैभन्दा सुन्दर १० आँखा

विश्वमा कस्मेटिक सर्जरी गर्ने १० सेलेब्रेटी (फोटो फिचर)

बलिउडका १० अविवाहित नायिका

मृत्युको मुखबाट बाँचेका १० बलिउड कलाकार