२१ असार, काठमाडौं ।

लापरवाही गरेर वस चलाउँदा १० यात्रुको ज्यान लिएको ठहर गर्दै जिल्ला अदालतले एक चालकलाई ४ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको छ । जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीको आइतवारको इजलाशले काठमाडौंबाट बिराटनगर जादै गरेको ना४ख ५४४८ नम्बरको शुभश्री यातायातका चालक राकेश सिंह स्याङतानले लापरवाही गरेर बस चलाएको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

स्याङतानले इलामबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको डिलक्स बसलाई चालकपट्टिको अगाडी भागवाट ठक्कर दिएकाले १० जनाको टनास्थलमा मृत्यु भएको थियो । यसैगरी ना ५ ख ४८४१ नम्वरका चालक अरविन्द्र मोक्तानलाई अदालतले १७ दिन कैद र २ हजार जरिवाना गर्ने फैसला गरेको छ ।

मकवानपुरको वसामाडीमा गत कार्तिक १५ गते विहान शुभश्री यातायातको वसले इलामवाट आएको डिलक्सलाई ठक्कर दिएको थियो ।

चालक स्याङतानले मादक पदार्थ सेवन गरेर वस चलाएका थिए । आजको कान्तिपुरमा खबर छ ।