विज्ञानको खोज पनि यहि छ कि मानिसको मृत्युपश्चात के हुन्छ? पार्थिव शरीर त चरणबद्ध तरिकाले कुहिएर जान्छ तर उसले जीवनभरी बटुलेका दृश्य र ज्ञान के हुन्छ?

विज्ञानले यसको उत्तर फेला पार्न सकेको छैन। धार्मिक पक्षलाई हेर्ने हो भने आत्मा सबैको अमर हुन्छ तर शरीरले रूप फेरिरहन्छ, मनुष्य भएर जन्मिएपनि उसको एउटा मूल उदेश्य हुन्छ र त्यो उदेश्य प्राप्त गरिसकेपछि उसको जन्म सिद्ध हुन्छ भनेर धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

तर आधुनिक मानवदिमागले यी सबै कुराहरूको निष्कर्ष निकाल्न सकेको छैन। अझैपनि मानिसहरू अन्यौलमा छन् कि जीवनको उदेश्य के हो र मृत्युपश्चात वास्तवमै के हुन्छ?What happens after Death- Buddha Story

(साह्रै रहस्मय प्रश्न- मृत्युपछि के हुन्छ?)

यसै सन्दर्भमा भगवान गौतम बुद्धले आफ्ना शिष्यहरूलाई ज्ञानको ज्योती बाँडिरहेको एउटा कथाप्रसङ्ग छ, जुन अति नै रोचक छ।

मृत्युपश्चात के हुन्छ? गौतम बुद्धको एक प्रसंग…

एकपटक गौतम बुद्धलाई उनका एक शिष्यले सोधे, “हे भगवन! हजुरले आजसम्म हामीलाई धेरै पाठहरू सिकाउनुभयो तर यसको बारेमा भन्नुभएको छैन कि मानिसको मृत्युपश्चात के हुन्छ?”

शिष्यको यस्तो प्रश्न सुनेर बुद्ध मुस्कुराए र प्रतिप्रश्न गरे, “पहिला मलाई यो भन वत्स! यदि कोहि कतै जान लागिराखेको छ र अचानक कतैबाट उसको शरीरमा एक वीषले भरिएको तीर आएर लाग्छ। यस्तो बेलामा सुरुमा के गर्नुपर्छ? शरीरमा लागेको तीरलाई हटाएर उपचार गर्नुपर्छ कि तीर कहाँबाट कसले हान्यो भनेर खोज्न जानुपर्छ?”

शिष्यले बुद्धको मनसाय बुझिसकेको थियो, तैपनि उनले भने- “सुरुमा त उसको शरीरबाट तीर झिकेर तुरुन्तै उपचार गरिहाल्नुपर्छ, गुरु! नत्र त्यो वीष उसको पुरै शरीरमा फैलिन थाल्छ।”

“तिमीले ठीक भन्यौ वत्स! अब यो भन कि पहिला यस जीवनमा दुखको निवारण गर्ने उपाय खोज्छौँ कि, मृत्युपश्चात के हुन्छ भनेर सोच्छौ?”

बुद्धको प्रश्न सुने शिष्य अकमक्क परे।

बुद्धको यो वाणीबाट सिक्न सकिन्छ कि हरेक कुराको एउटा रीति हुन्छ, क्रम हुन्छ। जीवनको उदेश्यलाई बुझ्ने कुनै सर्टकट छैन, हुँदैन। जसले भोग्छ, उसले मात्र बुझ्छ। पृथ्वीमा जन्म लिएर आइसकेपछि हाम्रो परम कर्तव्य भनेको असल कर्म गर्नु हो, त्यहि हाम्रो परमधर्म हुन जान्छ।

यो पनि हेर्नुहोस्-
मृत्यु पछि के हुन्छ?
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि
बच्चाले हानेको ढुङ्गाले लागेपछि बुद्धले रुँदै यसो भने…
जब स्त्रीले बुद्धलाई सोधिन् ‘युवावस्थामा मै पहेलो वस्त्र किन लगाएको?’
गौतम बुद्धको अति प्रभावशाली उपदेश