“अस्ति भर्खर किनेको मोबाइल, ह्याङ्ग हुन थालिसक्यो, के गर्ने होला?”

एण्ड्रोइड मोबाइल चलाउनेहरू धेरैको यहि प्रश्न हुन्छ। कत्तिले त त्यहि समस्या समाधान गर्नको लागि पैसा नै खर्च गरिराखेका हुन्छन्। यति कुरा याद गर्नुहोस् कि मोबाइलमा आउने सफ्ट्वेयर सम्बन्धि समस्याहरू तपाईँ घरमै बसेर पनि समाधान गर्न सक्नुहुन्छ।

एण्ड्रोइड मोबाइलमा सबैको साझा समस्या भनेकै यहि धेरै ह्याङ्ग हुनु हो, यसको मूख्य कारणहरू यस प्रकार रहेका छन्-

– तपाईँले आफ्नो मोबाइलमा राख्नुभएको एपहरूले RAM लाई ओगटिराखेको हुन्छ, अनि धेरै एपहरू खोलिराख्दा, सबै एपहरूले आ-आफ्नै हिस्साको RAM लाई ओगट्ने गर्दछ। त्यसैले नै मोबाइल ह्याङ्ग हुने, टचले काम नगर्ने जस्ता समस्या हुने गर्दछ।

– अर्को मूख्य कारण चाहिँ तपाईँको मोबाइलको फोन मेमोरी (Phone Memory) मा भएको खाली ठाउँ (Space) भरिनु पनि हो। यसरी खाली ठाउँ भरिन जाँदा मोबाइलको सिस्टमले राम्ररी काम गर्न असमर्थ हुने गर्दछ।

– यदि मोबाइलमा चाहिने भन्दा धेरे एनिमेसन (Animation) समावेश भएको छ भने पनि ह्याङ्ग हुने गर्दछ, चाहेको बेला र छिटो काम गर्न सक्दैन।

– तपाईँको एण्ड्रोइड अपरेटिङ्ग सिस्टमको भर्जन (Operating System Version) पुरानो भएमा पनि ह्याङ्ग हुने सम्भावना हुन्छ।

ह्याङ्ग भएमा के गर्ने?
१. RAM ओगटेका एपहरू बन्द गर्ने-

– मुख्य मेन्यूमा भएको ‘सेटिङ्ग्स’ (Settings) मा क्लिक गर्नुहोस्।1. Main Menu

– सेटिङ्ग्स भित्र गइसकेपछि, ‘एप्स’ (Apps) अथवा ‘एप्लिकेसन्स’ (Applications) भन्नेमा क्लिक गर्नुहोस् र त्यसभित्र पनि ‘रनिङ्ग’ (Running) अथवा ‘रनिङ्ग सर्भिसेस’ (Running Services) मा क्लिक गर्नुहोस्।2. Settings

– त्यसपछि त्यहाँ तपाईँले कुन चाहिँ एपले कति RAM ओगटेको छ देख्न सक्नुहुन्छ। त्यहाँ कुन चाहिँ एप कति समयदेखि खुलेको छ भनेर पनि हेर्न सक्नुहुन्छ।

– त्यसपछि जुन एपले धेरै RAM ओगटेको छ त्यो एपमा क्लिक गर्नुहोस्।4. Running Apps

– त्यहाँ ‘स्टप’ (Stop) अथवा ‘फोर्स स्टप’ (Force Stop) भन्ने देख्नुहुन्छ र त्यसैमा क्लिक गर्नुहोस् र ‘ओके’ (OK) मा क्लिक गर्नुहोस्। त्यसो गरेपछि उक्त एप बन्द हुन्छ र त्यसले RAM पनि ओगट्न छाड्छ।5. Stop App

– तपाईँलाई जुन एप बन्द गर्न मन छ, त्यसैलाई सोही प्रक्रिया द्वारा बन्द गर्न सक्नुहुन्छ।

२. फोन मेमोरीलाई खाली गर्ने

– यो प्रक्रियामा चाहिँ तपाईँको फोन मेमोरीमा भएका फाइलहरूलाई कि त हटाउने, कि चाहिँ मेमोरी कार्डमा लगेर राख्नुपर्दछ।

– अथवा यदि तपाईँलाई फोन मेमोरीमा कति ठाउँ खाली छ भनेर जाँच गर्न मन लाग्यो भने, ‘सेटिङ्ग्स’ भित्र ‘स्टोरेज’ (Storage) मा क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ।6. Settings

8. Storage

३. एनिमेसन सेवा बन्द गर्ने

– मुख्य मेन्यूमा भएको ‘सेटिङ्ग्स’ भित्र ‘डेभलपर्स अपसन्स’ (Developers Options) मा क्लिक गर्नुहोस्।9. Settings

– त्यसभित्र एनिमेसनको लागि २ वा २ भन्दा बढी मेन्यू हुन सक्छन्। जस्तै, ‘विण्डो एनिमेसन स्केल’ (Window Animation Scale), ‘ट्रान्जिसन एनिमेसन स्केल’ (Transition Animation Scale), ‘एनिमेटर ड्युरेसन स्केल’ (Animator Duration Scale)। ती सबैभित्र क्लिक गर्दै ‘एनिमेसन अफ’ (Animation Off) मा क्लिक गरेर मोबाइलको एनिमेसन फिचर बन्द गर्न सक्नुहुन्छ।10. developer option

11. Animation Off

**यदि तपाईँको मोबाइलमा ‘डेभलपर्स अपसन्स’ नभएमा**

– ‘सेटिङ्ग्स’ भित्रको ‘डिस्प्ले’ (Display) मेन्यूमा क्लिक गर्नुहोस् र त्यहाँ ‘एनिमेसन’ भन्ने मेन्यू देख्नुहुन्छ, त्यहाँबाट ‘नो एनिमेसन्स’ (No Animations) मा क्लिक गरेर एनिमेसन बन्द गर्न सक्नुहुन्छ।

४. मोबाइल ‘रि-स्टार्ट’ (Re-Start) गरेर पनि धेरै जसो ह्याङ्ग हुने समस्या समाधान गर्न सकिन्छ।

यति गरेर पनि ह्याङ्ग हुन छोड्छ कि छोड्दैन जाँच गर्नुहोस्, यदि छोडेन भने चाहिँ पक्कै पनि तपाईँको मोबाइल पुरानो भएको हुनुपर्छ।