एजेन्सी।

ग्ल्यामरस अनि मादक अवतारको कारण दुनियाँमै चर्चा पाएका मेक्सिकोकी क्लाउडिया ओचोआ फेलिक्स खतरनाक अपराधीमा गनिन्छिन्। अमेरिकी सुरक्षा एजेन्सीको लागि क्याउडिया टाउको दुखाइको कारण बन्ने गरेकी छिन्। अपराधीको सूचीमा समावेश भएपनि क्याउडियाका ग्ल्यामरस तस्बिरको सामाजिक सञ्जालमा छूट्टै चर्चा छ।

क्लाउडियाको क्रुरतासंग मानिस डराउँछन् तर क्याउडियालाई अमेरिकी रियालिटी स्टार तथा मोडल किम कार्दशियनसंग तुलना गर्ने गरिन्छ ।

क्लाउडियालाई ‘द किम कार्दशियन अफ अर्गनाइज्ड क्राइम’ को नामले समेत चिनिन्छ। क्लाउडिया मेक्सिकोको एक आपराधिक समुहकी प्रमुख हुन । क्लाउडियाको समुहमाथी सयौं हत्याको आरोप छ। आफ्नो सुरक्षार्थ यिनीले थुप्रै बडिगार्ड राखेकी छिन्।

२७ वर्षकै उमेरमा क्लाउडिया विश्वकै सबैभन्दा क्रुर अपराध गर्ने समुहको प्रमुख बनेकी थिइन। जब क्लाउडियाका ब्वाइफ्रेन्ड जोस रोड्रिगो अरेचिगा गिरफ्तार भए तब क्लाउडिया यो समुहको प्रमुख बनेको बताइन्छ। तीन बच्चाकी आमा क्लाउडिया एके-४७ लिएर हिड्छिन्।