९ भदौ, एजेन्सी।
‘मोहनजोदारो’ को असफलतालाई लिएर ऋतिक रोशन र निर्देशक आशुतोष गोवारिक विच झगडा बढेको छ। जब फिल्मको टिजर रिलिज भएको थियो तब मानिसमा फिल्म हेर्ने उत्सुकता जागेको थियो।hrithik and ashutosh 8231117

तर फिल्म हेरेपश्चात अधिकांस दर्शकको प्रतिक्रिया राम्रो आएन। कतिले ऋतिक र निर्देशक आशुतोषको मजाक समेत उँडाए। ऋतिकलाई फिल्मबाट निकै आशा थियो, तर बक्स अफिसमा फिल्मले जादु देखाउन सकेन। अब फिल्म फ्लप हुनुमा निर्देशक र नायकले एकदोस्रोलाई दोष दिन सुरु गरेका छन्।

ऋतिकले भद्दा भाषा प्रयोग गर्दै आशुतोषलाई म्यासेज पठाएको चर्चा छ। आशुतोषलाई फिल्म फ्लप हुनुको जिम्मेवार ठहर्याएका छन्।

आशुतोषले पनि उस्तै भाषा प्रयोग गरी ऋतिकलाइ जवाफ फर्काएका छन्।

मोहजोदारो अक्षय कुमारको रुस्तमसंगै रिलिज भएको थियो। १०० करोड क्लबमा पुगिसकेको रुस्तम मोहनजोदारोले राम्रो कमाइ गर्ननसक्नुको प्रमुख कारण हो भन्दा फरक पर्दैन।