९ असोज, एजेन्सी।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीमाथि तीन शुन्य गोल अन्तरको जीत निकालेको छ।

सिटीको जितमा सर्जियो एग्युरोले दुई र राहिम स्टर्लिङले एक गोलको योगदान दिए । स्वान्सीका लागि फर्नान्डो लोरेन्टेले सान्त्वना गोल गरे । यस सिजनबाट पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीको यो लगातारको दशौं जित हो ।Manchester City 855589

शनिबार राती भएको अर्को खेलमा आर्सनलले चेल्सीलाई तीन शुन्यले हराएको छ ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै ३ गोल गरेको हो ।

आर्सनलका लागि अलेक्सिस सान्चेज, थियो वाल्कट र मेसुट ओजीलले एक एक गोल गरे । उता अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले अघिल्लो सिजनको च्याम्पियन लेष्टर सिटीलाई चार एक गोलले पराजित गरेको छ भने लिभरपुलले हल सिटीलाई पाँच एकको फराकिलो अन्तरले पराजित गरेको छ।

गएरातिकै अर्को खेलमा बर्नमाउथले एभर्टनलाई एक शुन्य, टोटनह्याम हट्सपरले मिडल्सब्रोलाई दुई एक, क्रिष्टल प्यालेसले सण्डरल्याण्डलाई तीन दुईले हराएका छन् ।

स्टोक सिटी र वेष्ट ब्रोमले भने एक एकको बराबरी खेलेका छन् । शनिवारको खेल सकिएसँगै इंग्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । समान खेलबाट १४ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ भने आर्सनल, लिरभपुल र एभर्टनको १३ र १३ अंक छ ।