केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ?

एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः

१ ध्यान नदिनु
कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् ।

२ बदलाको भावना

सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ।

woman want mature man

३ आपसी सम्बन्ध राम्रो नहुनु
आपसी सम्बन्ध राम्रो भएन भने पनि महिलाहरुले फरक सम्बन्ध खोजी गर्छन् । महिलाले आफ्नो पुरुषले केवल यौनिक सम्बन्धमा मात्र ध्यान दिन्छ भन्ने लाग्यो भने प्रेमको पार्टनर खोज्छन् । पुरुषहरु आफू आफिसमा थाकेको वा तनावमा रहेको भन्दै यस्ता कुरामा ध्यान दिँदैनन तर महिलाहरुलाई यस्ता कुराको ठूलो महत्व हुन्छ ।

४ आकर्षक नहुनु

विवाह गरेको शुरु शुरुमा पुरुषहरुले आफ्ना र पत्निका हरेक कुरामा ध्यान दिन्छन् । तर विस्तारै यो कुरा हराउँदै जान्छ । महिलामा भने उनीहरुलाई आकर्षक हुनु पर्छ भन्ने चेत रहेको हुन्छ । उनीहरुलाई आफू सुन्दरी नभएकोमा पिर पनि हुन्छ । महिलाहरुलाई आफ्नो पार्टनरले सुन्दर भनोस् र प्रसंसा गरोस भन्ने चाहाना हुन्छ तर पुरुषहरु यस्ता कुरामा ध्यान दिँदैनन् । यसकै कारण महिलाहरु अन्य सम्बन्ध तिर मोडिन्छन् ।

mistake woman commit 2

५ आर्थिकरुपमा परनिर्भर

यदि कुनै पनि महिला पति वा प्रेमीसँग आर्थिकरुपमा निर्भर छिन भने उनले चाहेको कुरा गर्न सक्दिनन् । उनलाई सँधै आर्थिक जीवनको पिरले सताइरहन्छ । यसै कारणले कहिले काँहि महिलाहरु परपुरुषसँगको सम्बन्धमा पुग्छन् ।

६ असुरक्षा
भावनात्मकरुपमा वा शारीरिकरुपमा असुरक्षा महसुस गर्ने महिलाले कुनै पनि सम्बन्धलाई नाजायज मान्दैनन् । उनीहरुलाई मानसिक र शारीरिक सपोर्ट भयो भन उनीहरु सम्बन्ध राख्न चाहन्छन् चाहे त्यो परपुरुष नै किन नहोस् । असुरक्षित महसुस गरेका महिलाले सम्बन्धमा धोका पनि सहजै दिन्छन् ।

man woman relation

७ श्रेय नदिने

कुनै पनि पुरुषले आफ्नी स्त्रीलाई प्रशंसा पनि चाहिन्छ भन्ने सोंच्दैनन् । उनीहरु जति नै सिंगार पटार गरे वा राम्रो काम गर्दा समेत प्रशंसा दिनु पर्छ भन्ने हेक्का अधिकाँश पुरुषलाई हुँदैन । जसका कारण महिलाहरु प्रंशसा गर्ने पुरुषसँग नजिकिन्छन् । आफ्नी स्त्रीलाई प्रशंसा गर्न नभुल्नुस् ।

८ दिक्क लाग्ने सम्बन्ध
पुरुष अफिसबाट आउँछन् उनीहरुलाई चासो हुन्छ के खानेकुरा तयार छ ।अफिसमा हाकिमसँग झोंक चलेको विषयमा पनि उनीहरुलाई दिक्क लागिरहेको हुन्छ । उनीहरुले त्यही टेन्सन घरमा पनि देखाउँछन् जसका कारण महिलालाई भने विरक्त लाग्छ । अनि उनलाई पनि चाहिन्छ अलि फ्रेस गराउने साथी ।