१६ वैशाख, काठमाडौं ।
सरकारले यही वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नहुने निश्चित जस्तै भएको छ । संविधान संशोधन विधेयक, जेठ १५ को बजेट र दुई चरणमा मतगणना गर्ने विषयमा सहमति जुट्न नसकेपछि आगामी जेठ ३१ गते एकै चरणमा निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जेठ ३१ गते नै निर्वाचन गर्ने गृहकार्यमा जुटेका छन् । स्रोतका अुनसार प्रचण्डले एकै चरणमा निर्वाचन गर्नको लागि त्यो भन्दा अगाडि कसरी संविधान संशोधन विधेयक पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छन् । निर्वाचन एकै चरणमा गर्ने विषयमा प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने भएका थिए ।

निर्वाचनको लागि यही वैशाख १९ गते उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम पनि सर्ने भएको छ । स्रोतका अनुसार केही दिनभित्र नै सरकारले जेठ ३१ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गर्नेछ ।