हो, तपाईकै हातमा छ तपाईको आयु बढाउने साँचो । केही बानी, केही प्राथमिकतालाई परिवर्तन गरेर तपाई लामो र स्वस्थ्य जीवन जिउन सक्नुहुन्छ । यस्तै, केही बानी जसले तपाईको लामो जीवन आयुतर्फ इशारा गर्छ । यदि तपाईले यस्ता बानी अपनाउनु भएको छ भने, तपाई आफ्नो तारिफ आफैँ गर्नुहोस् । छैन भने आजैबाट अपनाउनुहोस् ।happy-flying-gir-21469316

  • आफूले आफैँलाई १० बर्षे जवान सम्झनुहोस् – आफूलाई जवान सम्झदाँ धेरै चिकित्सकीय समस्याहरुबाट तपाईलाई टाढा राख्न सक्छ । यस्तो सोच्नाले तनाव कम भई रोग प्रतिरोधक क्षमता बढ्छ । आफूलाई जवान सम्झनु एक प्रकारको आत्मविश्वास पनि हो, जसले तपाईलाई विभिन्न चुनौतिहरुको सामना गर्न ऊर्जा दिन्छ ।
  • कम सामाजिक अर्थात् अन्तरमुखी व्यक्तिहरुको स्वास्थ्य प्राय नाजुक हुन्छ। त्यसैले, साथीभाइ समाजका अन्य मानिससँग मिल्नु–जुल्नुले पनि तपाईको स्वास्थ्य राम्रो रहन्छ ।
  • जीवनको आनन्द उठाउन जान्नु एउटा कला हो, जसले स्वस्थ जीवन जिउन सिकाउँछ । जस्तै, कोही व्यक्ति ‘पार्टी’ तथा जमघटमा निकै रमाइरहेको हुन्छ, उसका लागि जीवन एक उत्सव हो । यस्ता व्यक्ति ‘कोरटिसोल’ नामक हर्मोनका कारण लाग्ने ‘डिमेन्सिया’ रोगबाट बच्छ । यो रोगले मानिसको स्मरण शक्तिमा नराम्रो असर गर्छ ।
  • यदि तपाई पैदल हिड्न मन पराउनुहुन्छ भने तपाई शारीरिक तथा मानसिक रुपले स्वस्थ्य हुनुहुन्छ । नियमित शारीरिक गतिविधिले हृदय रोगको खतरा कम हुनका साथै मानसिक रोगको खतरा पनि कम हुन्छ ।
  • हिजोआजको व्यस्त जीवनशैलीमा घरको काम गर्ने समय कम हुन्छ । घरको सफाई गर्नु, कपडा धुनुजस्ता साना–साना कामले पनि तपाईलाई सम्भावित रोगको खतराबाट मुक्त बनाउँन सक्छ ।
  • मानसिक तथा शारिरीक रोग दुवैका लागि कारक मानिन्छ चिन्ता । सकेसम्म चिन्ताबाट टाढै रहुनुहोस्, तपाईको आयु लम्बिन सक्छ ।

समयसँगै परिवर्तन हुनसँग स्वास्थ्यको राम्रो सम्बन्ध छ । प्रविधिसँग समानजस्य गर्न सिक्नुहोस्, र आफुलाई मानसिक रुपले स्वस्थ राख्नुहोस् । ट्विटर, फेसबुक, ब्लगआदी प्रविधिको सदुपयोगले तपाईमा सकारात्मक उर्जा थप्छ । आफूलाई जवान सम्झनु थाल्नुहुन्छ ।