कुशल श्रेष्ठ

चिया कफी मन पराउनेहरूलाई अफिसमा लगातार काम गर्दा कति कप कफी पिइयो भन्ने कुराको हेक्का हुँदैन। यो कुनै नौलो कुरा भएन। केहि समयअगाडि भएको अनुसन्धानबाट कफीको नियमित सेवनले मुटुको धमनीमा परेको दवावलाई कम गरी मुटुसम्बन्धी समस्यालाई टाढा राख्दछ भन्ने पत्ता लागेको थियो। त्यसैगरी रचनात्मक अनि दिमाग खियाउनुपर्ने कामको लागि कफीले मद्दत पुर्याउने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको थियो।

तथापी, कफी भनेको लत लगाउने पेय पदार्थ हो। पिउँदै पिउँदै आफूलाई चाहिने भन्दा बढि पिएको पनि पत्तो हुँदैन। जसले गर्दा टाउको दुख्ने, अनिन्द्रा, तनाव र थकान जस्ता समस्याहरू उत्पन्न हुन थाल्दछन्। र यस्ता समस्या अन्य कुनै कारणबाट भएको हो भन्ने अधिकांश मानिसहरूले सोँच्ने गर्छन्।

आज हामी तपाईँहरूलाई यसै सन्दर्भमा रहेर, अधिक कफीको सेवनले हाम्रो स्वास्थ्यमा के-कस्ता सङ्केतहरू देखिन थाल्दछन् भन्ने बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।Too Much Coffee

कफी धेरै पिउँदा–

१. तपाईँको पेट दुख्न थाल्छ

खराब, बासी तथा सडेगलेको खानाको कारण पनि पेट दुख्ने समस्या आउँदछ। महिलाहरूलाई रजस्वलाचक्र सुरु हुनुभन्दा अगाडि पनि पेट दुख्न थाल्दछ। तथापी, यदि तपाईँको कफी पिउने बानी छ भने त्यसैको कारण पनि पेट दुखेको हुन सक्दछ। हालै एक यूरोपेली वैज्ञानिकले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भन्दा, कफीमा पाइने रसायनिक तत्वले हाम्रो पेटमा एसिडको उत्पादन गराउने तन्तूहरूलाई सक्रिय गराउँदछ र फलतः पेट फुल्ने अनि ग्याँस्ट्रिक हुने जस्ता समस्या पैदा गराउँदछ। त्यसैले यदि तपाईँको पेट दुखाईको कारण अधिक कफीको सेवन हो जस्तो लाग्छ भने १/२ दिन कफी पिउन बन्द गर्नुहोस्।

२. तपाईँको मुटुको धड्कन छिटो हुन थाल्छ

मुटुको धड्कन तेज भएर करङबाटै बाहिर निस्केला जस्तो हुँदा त्यसै-त्यसै डर लाग्न थाल्दछ। यसरी मुटुको धड्कनमा अनियमितता आउनुको पछाडि क्याफीन, निकोटिन तथा मदिराको मूख्य भूमीका हुने उक्त अनुसन्धानबाट पत्ता लागेको छ। कहिलेकाहिँ कसै-कसैलाई यसरी मुटुको गति छिटो हुँदा रिँगटा लगाउने साथै बेहोस पनि गराउन सक्दछ। त्यसैले यदि कफि पिउने बित्तीकै मुटुको धड्कन छिटो हुन थालेको महशुस गर्नुभयो भने बुझ्नुहोस् कि कफी धेरै भयो।

३. तपाईँलाई पखाला लाग्छ

कफीको नियमित सेवनले पेटको गडबडीबाट राहत प्रदान गरी दिसा लगाउने प्रक्रियालाई नियमित गराउँदछ। तर यदि दिनमा कफीको मात्रा बढि हुन गएमा कसै-कसैलाई यसले झाडापखाला पनि गराउन सक्दछ। त्यसैले यदि तपाईँको बाथरुम जाने प्रक्रियामा अनियमितता आउन थालेको छ भने केहि दिन कफीबाट टाढै रहनुहोस्।

४. तपाईँलाई निन्द्रा लाग्दैन

कफीमा पाइने क्याफीन हाम्रो शारीरिक सिस्टममा १४ घण्टासम्म बसिरहन्छ, मतलब १४ घण्टासम्म यसको असर स्थिर रहिरहन्छ। जसको कारण हाम्रो निन्द्राको गुणस्तरमा प्रत्यक्ष असर पर्न थाल्दछ। त्यसैले राति निन्द्रा नलाग्ने समस्या छ भने दिनको अन्तिम कफी दिउँसोको २ बजेभित्रमा पिउनुहोस्।

५. तपाईँको टाउको दुख्न थाल्दछ

टाउको दुख्दा, माइग्रेनको पीडाले सताउँदा कफीको सेवनले राहत प्रदान गर्दछ। तर यदि तपाईँले दिनमा ५०० मिलिग्राम भन्दा बढि (५ कप भन्दा बढि) कफि पिउन थाल्नुभयो भने त्यसले उल्टो असर गर्न थाल्दछ। जसले टाउको दुखाउने, थकाई लाग्ने जस्ता समस्या उत्पन्न गराउँदछ। यदि यस्तो अवस्था आएमा तपाईँले कफीको सेवनमा कमी गर्दै लैजानुपर्दछ।Signs you are drinking too much coffee 24554516

६. तपाईँ उत्तेजित हुन थाल्नुहुन्छ

कफीले तपाईँलाई जाँगरिलो राख्न मद्दत गर्दछ। तर कहिलेकाहिँ त्यहि जाँगर उत्तेजनामा परिणत हुन सक्दछ। तपाईँलाई बिनासित्तीमा रमाइलो लाग्न थाल्छ अनि हरेक कुरामा हाँस्न मन लाग्छ। कफीमा हुने क्याफिनले हाम्रो मस्तिष्कको केन्द्रीय स्नायू प्रणालीमा पार्ने प्रभावले नै यस्तो हुने चिकित्सकहरू बताउँछन्।

यो पनि हेर्नुहोस्-
“मलाई भोक नै लाग्दैन, पेट डम्म भैरहन्छ, अलिकति खानेबित्तिकै वाक्क लाग्छ” किन होला?
उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा
बासी भातलाई कसरी प्रयोग गर्नुहुन्छ? यसरी खानुहोस्- हुन्छ धेरै फाइदा
मिठो निन्द्राको लागि यस्तो खानेकुरा खानुस्
के यो माइग्रेन हो, या केवल टाउको दुखाई?