५ फागुन, काठमाडौं ।
सत्ता फेरबदलदेखि राजनीतिक तिकडमका लागि चर्चित शेरबहादुर देउवाले नेपाली राजनीतिलाई फेरि तरंगित बनाएका छन् । बरिष्ठताको लाइनमा रहेका नवराज सिलवाललाई जिल्याउँदै देउवाको एकल अडानमा पश्चिमकै जयबहादुर चन्दलाई प्रहरीको आइजिपी बनाउन देउवाले प्रधानमन्त्रीलाई दबाब दिएर गराएरै छाडे । तर, सर्वोच्चले तत्कालै चन्दलाई गरिएको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश नै दिनपुगेको छ । यस्तो बेला अब के हुन्छ भन्ने चर्चा नेपाली राजनीतिमा चल्न थालेको छ ।

नांगिए सभापति देउवा !

फेरि पहिलो नम्बरमा रहेका सिलवालको मुद्दामा सर्वोच्चले फेरि अन्तरिम आदेश दिएको छ । यता पहिलो नम्बरकै व्यक्ति सिलवाललाई बनाउनुपर्ने गरी प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि रहेका थिए । तर, देउवाको जोरसामू कसैको केही लागेन । र, आइतबार बिहान कार्यालय समय नहुँदै चन्दलाई महानिरीक्षकको कुर्सी दिइयो । तर, तीन घण्टामा नै अदालतले अन्तरिम आदेश दिएपछि यो विषय पेचिलो बन्दै गएको छ । अब के हुन्छ भन्ने चर्चा चल्न थालेको छ । यता सिलवालविरुद्ध परेको रिट पनि खारेज भएको छ ।

फाइल तस्बिर

आखिर के चाहन्छन् देउवा ?
देउवा प्रचण्डपछि प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेता हुन् । एउटा चुनाव हुनासाथ माओवादीसँग भएको सहमति अनुसार उनी प्रधानमन्त्री बन्नेछन् । यसका लागि राजनीति विगतको सहमति अनुसार सिधा बाटोमा हिड्नुपर्ने हुन्छ ।

यसपटक देउवालाई चन्दप्रतिको मोह देखिनु भनेको उनले आसन्न तीनवटा निर्वाचनलाई नै हेरेको प्रष्ट हुन्छ । किनकी पश्चिमकै भएका र उनलाई अहिले प्रहरी प्रमुख बनाउँदा तीनवटै निर्वाचनमा नेपाली कांग्रेसलाई फाइदा दिलाउन सकिने ठूलो विश्वास देउवाको रहेको छ । सोहीकारण धेरैले चन्द होइन सिलवाल प्रमुख बन्नुपर्ने पक्षमा रहे पनि यी सबै विरोधलाई देउवाले वेवास्ता गर्दै आफ्नै अडानलाई कार्यान्वयनको तहसम्म पुर्याए । यस्तोमा देउवाले बाहिर गरिने प्रतिक्रिया र विरोधको पहिल्यै पूर्वानुमान गरेका थिए ।

ओली यसरी बन्दैछन् फेरि प्रधानमन्त्री

आफ्नो प्रतिस्पर्धी दल एमाले रहेको बुझेका देउवाले स्थानीय, प्रदेश र केन्द्रको चुनावमा कांग्रेसलाई राम्रो पोजिसन दिलाउन नसके पार्टीमासमेत सभापतिको रुपमा प्रभावकारी भूमिका नहुने प्रष्टै देखेका छन् । सोहीकारण उनले प्रहरी प्रशासनमासमेत प्रभाव पार्ने र चुनावमासमेत यसकै आडमा शक्ति आर्जन गर्ने सोच राखेका हुन सक्छन् । होइन भने उनले चन्द नियुक्ति गर्नुपर्ने विषयमा उचित जवाफ दिनुपर्ने हुन्छ । उनले अघिल्लो दिनको मिति राखेर भोलिपल्ट चन्द नियुक्त भएपछि मात्रै एउटा विज्ञप्ती जारी गर्नु भनेको केही नराम्रो नियत छ भन्ने प्रष्टै देखिन्छ । होइन राम्रो नियतले नै बनाएको हो भने उनी किन चन्दको पक्षमा खरो उत्रिन सकेका छैनन् ?

सबैभन्दा बढी भूगोल हेरेका देउवाले देशको सत्तामा मात्र होइन पार्टीमा पनि आफ्नो पकड बनाइराख्न चन्दलाई नै रोजेका हुन् । सत्तामा भएजस्तै पार्टीकोसमेत कमाण्ड गरिरहेका देउवा शक्ति हुँदा पार्टीमैंसमेत होल्ड गरिराख्ने र एक कार्यकाल मात्र होयन दोस्रो कार्यकाल पनि कांग्रेसको सभापति बन्ने इच्छा छ भन्ने बुझ्न गाह्रो छैन ।

प्रचण्ड र ओलीले एकसाथ बोलाए बैठक

यसका लागि सबै क्षेत्रमा प्रभाव पार्दै आफू अनूकूलको शक्ति आर्जन गर्नुपर्ने अवस्थामा उनी छन् । सत्ता र शक्तिमा आफ्नो पकड बनाउँदा यी सफलता हात पार्न उनी सफल हुनेछन् । सोहीकारण देउवा विरोधका बीच अघि बढेका देखिन्छन् । प्रहरी प्रशासनमा शक्ति हात पार्न सके भोलि प्रहरीका ठूला सरुवा बढुवादेखि जागिरसम्म पनि आफ्नो पक्षको प्रभाव पर्ने र यसले कार्यकर्तालाईसमेत लाभ दिन सकिनेसम्मको आशा देउवाले गरेका हुन सक्छन् ।
प्रधानमन्त्री प्रचण्डले बाध्यतामा परेर चन्दलाई नियुक्त गर्नुपरेको बताउनको पछाडि देउवाकै दबाबभन्दा केही छैन ।