१७ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन्। प्रधानन्नयाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराइएको महाअभियोग प्रस्तावबारे आफूलाई थाहा नदिएको भन्दै निधिले राजीनामा दिएको उनका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए ।

स्वकीय सचिव विक्रमले प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री निधिको राजीनामा बुझाएका छन् । काँग्रेस र माओवादी केन्द्र मिलेर प्रस्ताव दर्ता गरिएपनि निधिलाई जानकारी नदिइएको उनको भनाई छ । यसअघि नेपाल प्रहरीका आइजीपी नियुक्ती प्रकरणमा आफ्नै पार्टी काँग्रेस सभापति शेरबहादुर देउवासँग निधिको सम्बन्ध चिस्सिएको छ ।

हेर्नुस् निधीले बुझाएको राजीनामा पत्र: