जसरी स्वास्थ्य उपचारका लागि सुविधाहरु बढिरहेका छन् । त्यसरी नै नयाँ नयाँ रोगहरु पनि बढ्दै गएका छन् । हृदयघात पछिल्लो समयमा धेरै मानिसलाई हुने रोग बनेको छ । जीवन शैली बदलिएका कारण हाम्रा आहार विहारको परिणाम धेरै मानिस मुटुका रोगी भएका छन् ।

कतिपय मानिसलाई लाग्छ यो केवल बुढेसकालमा मात्र लाग्ने रोग हो । तर यस्तो होइन । एकदम जवान र फिट फाट देखिने मानिस पनि यसको शिकार हुन सक्छ । पछिल्लो तथ्याङ्कले हृदयघातको समयमा युवाहरुमा बढेको देखिन्छ ।


heart-attack-risk 2

कस्ता बानी हुनेलाई यस्तो खतरा ?

लक्षणलाई वेवास्ता गर्ने
युवाहरुलाई रोग लाग्ने चिन्ता हुँदैन । उनीहरुले सामान्य समस्या देखिँदा हेलचेक्र्याइँ गर्छन् । उनीहरुले हृदयघातका लक्षण समेत बेवास्ता गर्ने गरेको तथ्याङ्कले जनाएको छ ।
छातीमा पीडा हुने । घाँटी दुख्ने । कम्मर दुख्ने जस्ता समस्यालाई युवाहरुले गम्भिरतापूर्व लिँदैनन् । यसकै कारण गम्भिर रोग र परिणामको शिकार बन्ने गरेको तथ्याङ्कले देखाएको छ । यस्ता लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

जंक फूड मुख्य कारक

पछिल्लो समयमा मुटुको बढी समस्या देखिनुको मुख्य कारण जंकफुडलाई मानिएको छ । वर्गर, पिज्जा, कोल्ड ड्रिङ्क्स जस्ता बाहिरी खाना खानेहरुलाई यस्तो समस्या बढी हुने देखिएको छ ।

heart-attack-risk 1

यस्ता खानामा नून र क्यालोरी बढी हुन्छ । यसले मुटुलाई समस्यामा पारिदिन्छ । यति मात्र होइन यसकै कारण मोटोपन पनि बढ्न सक्छ ।

सिगरेट विष बराबर

पछिल्लो पुस्तामा चुरोट खाने चलन फेसन जस्तै छ । तर मुटुका लागि चुरोट विष समान मानिन्छ । चुरोट खाने बानी छ भने आजै देखि छोड्नुस् । कम उमेरमा गरेको चुरोट सेवन मुटुको लागि निक्कै घातक मानिएको छ ।

cigaratte

के गर्ने ?

हृदयघातको खतरा कम गर्नका लागि विभिन्न कुरामा ध्यान दिनु पर्छ । निम्न कुरामा ध्यान दिएमा हृदयघातको खतराबाट बँच्न सकिन्छ ।

heart-attack-risk

१ धुम्रपान नगर्नुस् ।
२ शारीरिक वजनलाई ठिक्क कायम गर्नुस् ।
३ नियमित ब्यायाम गर्नुस् ।
४ शारीरिक परीश्रमका कामबाट नपन्छिनुस् ।
५ दिनमा १ घण्टा भन्दा बढी टिभी नहेरेको राम्रो हुन्छ ।
६ पौष्टिक आहारमा ध्यान दिनुस् ।