बैबाहिक जीवनको शुरुवातमा जोडीहरुमा जुन यौनिक उत्साह देखिन्छ । त्यो विस्तारै कम हुँदै जान्छ । र यही यौन उदासिनताका कारण कतिपय जोडीमा असन्तुष्टी बढ्दै जाने र सम्बन्ध नै विग्रने समेत हुन्छ ।

खासमा यौन चाहाना कम हुँदै जानुमा शरीरमा विशेष हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरु बताउँछन् ।

के ‘यौन सम्पर्क’ लाई व्यायाम भन्न सकिन्छ?

यदि खानामा निम्न कुराहरुलाई नियमित समावेश गर्नु भो भने तपाइँको यौन क्षमता सधै सन्तुलित रहन्छ । जानिराखौं यौन इच्छा बढाउने खानाहरुः

खुर्सानीः

chilly

हरियो, रातो वा कालो खुर्सानी नियमित सेवन गर्नाले सेक्स ड्राइभलाई सँधै ताजा राख्छ । खुर्सानको सेवनले शरीरमा एण्डोर्फिन नामक रसायन बढ्छ र यौन चाहाना पनि सँधै ताजा रहन्छ । यौनिक क्षमता बढाउन खुर्सानी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ ।

तुलसीका पाँच गज्जबका फाइदा…

बटर पपकर्नः

butter pop corn

नौनी हालेको पपकर्नको सेवनले पनि यौन क्षमतालाई कायम राख्ने अध्यनले देखाएको छ । यसले यौन क्षमता बढाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । स्मेल एण्ड टेष्ट ट्रीटमेन्ट एण्ड रिसर्च फाउण्डेसनको सोधले एक प्याक बटर पपकर्न सेवनबाट पुरुषको शरीरको तल्लोभागमा ९ प्रतिशतले रक्त सञ्चार वृद्धी हुन्छ ।

केराः

banana

सरीरमा सेक्स हर्मोन कायम राख्नका लागि केरा निक्कै उपयोगी मानिन्छ । यसले शरीरमा स्ट्रेस घटाउन र हर्मोन बढाउन अहम भूमिका खेल्न चिकित्सकहरु बताउँछन् । त्यसै गरी केरा सेवन गर्दा यसमा हुने ब्रोमेलाइन नामक इन्जाइमले पुरुषमा कामेच्छा बढाउने बताइन्छ ।

अनारः

pomegranate

अनार पनि यौन सन्तुलन कायम राख्न उपयोगी फल हो । पुरुषमा हुने उत्तेजनाहिनको समस्या इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बँच्न अनार निक्कै उपयोगी मानिएको छ । अनारको सेवनले शरीरमा रक्त सञ्चार बढाउँछ भने एन्टीअक्सीडेन्ट्स कोशिकालाई सुरक्षित राख्छ ।

खरभुजाः

watermelon

 खरभुजा यति उपयोगी हुन्छ भन्दा तपाइँलाई अचम्म लाग्ला । तर यसले भियाग्राले भन्दा कम प्रभावकारी काम गर्दैन । खरभुजामा सिट्रयूलाइन नामक तत्व हुन्छ जसले शरीरमा रक्तसञ्चार बढाउँछ र कामेच्छा पनि वृद्धी गर्छ ।

लसुनः

garlic

लसुन पनि यौन क्षमता वृद्धीका लागि निक्कै राम्रो खाना हो । यसमा सेक्स ड्राइभ बढाउन तत्व एसिलिन हुन्छ र यसले यौन क्षमतामा सन्तुलन राख्न सहयोग गर्छ ।

रेड वाइनः

alcohol

शोधकर्ताहरुका अनुसार रेडवाइन पनि यौन क्षमता वृद्धीका लागि उपयोगी छ । यसले महिलामा कामेच्छा बढाउँछ भने मांसपेसीमा हुने तनाव कम गर्छ । यसले मुड फ्रेस राख्ने र रक्त सञ्चार बढाउने हुँदा सेक्स ड्राइभका लागि अत्यन्तै उपयोगी छ ।

लसुनसंग जोडिएका १० अचम्म लाग्दा तथ्य
खाली पेटमा लसुन खानुका फाइदा
गाजर खाँदा यति धेरै फाइदा