विश्वका जोसुकै सुखी र सम्पन्न बन्नसक्छ, यदि यी पाँच कुरामा ध्यान दिन सक्यो भने । किनकि, कुनै पनि प्रकारका दुःख र कष्ट भोग्नुको कारण यी नै पाँच चिजलाई मानिएको छ । यदि तपाई यी पाँच चीजबाट बच्न सक्नुभयो भने कहिल्यै दुःख भोग्नु पर्दैन ।

अपेक्षा – विभिन्न विद्धानहरुले भनेका छन् ‘अपेक्ष दुःखस्य कारणम्’ अर्थात् अनावश्यक अपेक्षा पाल्नु दुःखी हुनुको पहिलो कारण हो । यदि कोही व्यक्ति हामीबाट केही अपेक्षा गरिरहेको छ र त्यो यदि पूरा नभएको अवस्थामा व्यक्ति स्वतह दुःखी र निराश बन्छ । त्यसैले, तपाई अरुका लागि आफूमा अपेक्षा नपाल्नुहोस् ।

मोह – मोहलाई दुःखको दोस्रो ठूलो कारण मानिएको छ । जब व्यक्ति केहीप्रति धेरै मोह पाल्छ, अन्तमा उसलाई दुखी हुनपर्छ । जस्तै, यदि तपाईलाई मनपर्ने मान्छे वा कुनै चीज आफूभन्दा टाढा गयो भने तपाई भित्रैदेखि दुःखी बन्नुहुन्छ । धेरैपटक मोहका कारण तपाईको आँखाबाट आँशु पनि निस्किन्छ ।

लोभ – लोभलाई पनि दुःखको सबैभन्दा ठूलो कारण मानिएको छ । यदि तपाईको मनमा कुनै चीजप्रति निकै लोभ छ भने अन्नतः तपाईलाई दुःखी हुनपर्छ । किनकि, लोभमा मनुष्यले राम्रो–नराम्रो केही पनि मुल्यांकन गर्न सक्दैन । यसकारण व्यक्ति दुःखी बन्छ ।

सुख – सुख पनि दुःखको माध्यम हो । जब कोही सुख भोगमा डुब्न लाग्छ, ऊ भित्रबाट कमजोर हुन थाल्छ । सुखमा डुबेको व्यक्ति सधैँ दुखको भयमा बाँचिरहेको हुन्छ । यसरी ऊ माथिबाट सुखमा रहे पनि भित्रबाट निकै दुःखी हुन्छ । त्यसैले सुखमा कहिल्यै डुब्नु हुन्न ।

पाप – वेदव्यासमा भनिएको छ, अर्कोलाई कष्ट दिनु नै सबैभन्दा ठूलो पापा हो । यदि तपाई कसैको मन दुखाउनु भएको छ भने त्यो पाप हो, त्यसले तपाईलाई पिरोल्छ । त्यसैले यस्ता केही काम नगर्नुहोस्, जसले अरुलाई चोट पुगोस् ।