कुनै एउटै चिजसंग जोडिरहनुलाई ‘लत’ बुझिन्छ। लतमा केवल नशालु पदार्थमात्र पर्दैनन, कयौं पटक हाम्रो विचारमै लत लाग्छ। यहाँ केही सोच-विचारको प्रसंग उठाइएको छ, जुन कुरा छोड्न वा त्यो विचारबाट बाहिर निस्कन जरुरी हुन्छ। यी विचारमा संलग्न नहुँदा जीवन सजिलो बन्छ अनि चुनौतीसंग लड्न सहज हुन जान्छ।

thinking_man

जे हुन्छ सो राम्रै हुन्छ भनि पर्खनु अनि यस्तो सोच राख्नु फाइदाजकन हुँदैन। कुनै चीज, वस्तु वा अवस्थाको पर्खाइमा दिन बिताउनु कदापी राम्रो होइन। कुनै काममा मुस्किल आउने छैन भनि सोच्नु गलत हो। सोच सकारात्मक हुनु पर्छ तर यसको मतलव आशावादी मात्र भएर फाइदा हुन्छ भन्ने होइन।

तपाईले प्रत्येक पटक स्वास लिदाँ एक-एक नयाँ चिन सिक्दै गरेको हुनुहुन्छ। तपाई परिवर्तनशील हुनुहुन्छ। ‘म अड्किए’ , ‘रोकिए’, ‘अगाडी बढ्न सकिन’ जस्ता विचार ल्याउनु हुदैन।

आफुलाई अरुसंग तुलना गर्ने अनि अन्यसंग प्रत्येक कुरामा प्रतिश्पर्धा गर्ने प्रवृति सबैभन्दा ठुलो लत हो। यसबाट बाहिर निस्कन जरुरी हुन्छ।

अरुको सामु त भन्नुहुन्छ, ‘यो जिन्दगी मेरो हो’, ‘जीवनसंग जोडिएका फैसला मेरो आफ्नो हो’। यति भनेर पनि आफ्नो कामको लागि दोस्रो व्यक्तिको अनुमति कुरेर बस्नु गलत कुरा हो।

अन्य व्यक्तिको कुरालाई निजी तवरले बुझ्ने, अन्यको कुरालाई लिएर भावुक हुने, नाटक रच्ने, कसैले केही भनिहाले तत्कालै तात्तातो प्रतिक्रिया दिइहाल्ने, आफु पनि चिन्तित हुने अनि अरुलाई पनि चिन्तित बनाउने कार्यबाट टाढा रहनु पर्छ।

तपाइ कोही विशेष दोस्रो व्यक्तिलाई त निकै माया गर्नुहुन्छ तर जब कुरा आफुलाई माया गर्नेमा आउँछ, तब निकै कन्जुस बन्नुहुन्छ। आफुलाई पनि माया गर्ने गर्नुहोस्। यसको मतलव यो हो की, आफ्नो विचारको कदर गर्नुहोस्, आफुलाइ इज्जत दिनुहोस् अगाडी बढ्न सजिलो हुन्छ अनि अन्यलाइ पनि इज्जत दिन सक्नुहुनेछ।

तपाईसंग अर्को व्यक्तिलाई दिन केही पनि छैन भनी सोच्नु सम्बन्ध अनि परिवारिक दृष्टीले फाइदाकारी हुदैन। अरुलाई दिन केवल पैसामात्र चाहिन्छ भन्ने हैन। तपाईको समय, माया अनि आफ्नोपन अन्यलाई दिन सक्नुहुन्छ। यसले तपाईको सम्बन्धमा सुधार हुन्छ जसले तपाईलाई पनि खुसी तुल्याउँछ।

सोच्नु राम्रो कुरा हो, तर हेरक बखत सोचाइमै डुब्नु राम्रो हैन। धेरै सोचाइले दिमागमा अनावश्यक सोचको उब्जनी हुन्छ। जसले दिमागमा नकारात्मक विचार बढाउँछ। यति त तपाईले पनि याद गर्नु भएकै हो कि नकारात्मक विचार संगै काम गर्ने जाँगर अनि उत्साहमा पनि कमी आउँछ।

केवल सपना देखेर अनि विचार गरेरमात्र सफलता पाइदैन। सपना देख्नु होस्, योजना बुन्नु होस् अनि उठ्नुहोस् काम त गर्ने पर्छ।