दिनेश आचार्य

८ माघ, युएर्इ ।
मध्यपुर्बको बिकसित शहर युएर्इमा नेपाली लगानीमा ब्याबसाय गर्नेहरूको संख्या निकै बढेको छ। यसै क्रममा गत शुक्रबार यूएर्इको रसैलखेमा नेपाली युवाहरूको संयुक्त लगानीमा रोह अल र्इत्तिहाद नामक रेष्टुरेन्ट संचालनमा आएको छ।

एनआरएन युएर्इका अध्यक्ष सुदिप कार्की र युवा संयोजक निश्चल दाहालको सयुक्त लगानीमा खोलिएको उक्त रेष्टुरेन्ट युएर्इका लागी नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले एक कार्यक्रमको बिच उद्घाटन गरेका थिए।

सामान्य रोजगारीको शिलशिलामा बिगत केही समय अघि युएर्इ छिरेका काठमाडौंका सुदिप कार्की र झापा बनियानिका निश्चल दाहाल आफ्नै कमार्इबाट उक्त रेष्टुरेन्ट खोलेका हुन्। उनीहरूले रोजगारी मात्र नभर्इ व्यवसायलार्इ पनि प्राथमिकता दिनु पर्छ भन्ने उद्देश्यले ब्याबसाय सुरू गरेको बताए। नेपाली लगानीबाट आफ्नै नेपाली दाजुभार्इहरूलार्इ रोजगारी दिन सकेकोमा उनीहरू निकै खुशी देखिन्छन्।

नेपाली खानालार्इ प्रबन्धन गर्ने, टुरिजमलार्इ सपोर्ट गर्ने साथै नेपाली, चार्इनिज,इण्डियन र कन्टिनेन्टल खानाको परिकार पारिवारिक वातावरणमा उपलब्ध गराउने उद्देश्य रहेको निश्चल दाहालले बताए।