२२ कात्तिक, काठमाडौं ।
युरोपियन युनियनले प्रतिनिधी र प्रदेशसभाको निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रमकाबिच युरोपेली संसद्मा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद, प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको शुभारम्भ गरिन् ।

मिसनमा हाल ३८ जना दीर्घालीन पर्यवेक्षहरु संलग्न रहेका छन् । मंसिर १० गतेको पहिलो निर्वाचन मितिको केहि दिनअघि मतदानको पर्यबेक्षण गर्न थप २० जना अल्पकालीन पर्यवेक्षकहरु मिसनमा संलग्न हुने बताईएको छ ।

त्यस्तै दोश्रो चरणो निर्वाचनमा थप २५ जना पर्यवेक्षकहरु सहभागी हुने पर्यवेक्षण मिसनले जनाएको छ । कार्यक्रममा प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले लोकतान्त्रीक निर्वाचन सम्बन्धी अन्तराष्ट्रिय तथा क्षेत्रीय प्रतिवद्धतालाई निर्वाचनले परिपालना गरेको छ वा छैन भनेर मुल्याङ्न गर्नु मुख्य कार्यदेश गरेको बताइन ।

प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोको टोलीले यसअघि निर्वाचन आयोग नेपाल र सरकारी अधिकारीका साथै राजनीतिक दलका प्रतिनिधीहरुसंग पनि भेट गरेको थियो ।