कुनै रोग महिलामा मात्र वा कुनै पुरुषमा मात्र देखिने गर्छ। यस्तै एउटा रोग छ स्क्याड (स्पोन्टेनियस कोरोनरि आर्टरि डिटेक्सन-SCAD), जुन महिलालाई मात्र लाग्ने गर्छ । यो कस्तो रोग हो र कतिवेला र कसरी लाग्ने गर्दछ  ? 

महिलामा मात्र देखिने यो एक किसिमको हृदयघात हो । यसलाई स्क्याड भनिन्छ । यसले गर्भवती भइसकेपछि र ४० वर्ष कटेपछि समात्ने गर्छ । गर्भवती तथा उमेर ढल्किदै गएपछि महिलाको शरिरमा भएका हर्मोनहरु परिवर्तन हुदै जाने हुनछन्। मुटुका रक्तनलीमा दरार देखिनसक्छन् र हृदयघातको कारण बन्छ ।

लक्षणहरु
हलुको काम गर्दा पनि थकान महसुस हुदै जानु र स्वास फुल्दै जानु यस रोगको मुख्य लक्षण हो ।

मन आत्तिरहन्छ। बिनाकारण तनाव अनि चिडचिडाहट हुनु । एसिडिटी तथा लगातार पेटमा समस्या देखा पर्नु । विनाकारण काँध तथा मांशपेसी दुख्नु । लगातार छाती दुखिरहनु । शरिरमा राम्ररी रक्तसञ्चार नहुदाँ अनुहार तथा छालामा पहेलोपन देखा पर्नु र प्राय रक्तचाप उच्च रहनु स्क्याडका लक्षणहरु हुन् । यदि यस्ता लक्षण देखा परेमा सम्बन्धित चिकित्सकसंग सुझाव सल्लाह लिनुपर्दछ ।