७ भदौ, एजेन्सी।

बलिउडमा अक्षय कुमारलाई भलै सफल कलाकार मानिन्छ तर तीन खानका फिल्म जति अक्षयका फिल्म १०० करोड क्लबमा पुग्ने गर्दैनन्। अक्षय थौरै पारिश्रमिकमा फिल्म खेल्छन् तर मुनाफाबाट आफ्नो हिस्सा लिन्छन्। त्यसैले पनि अक्षयका फिल्मले सहजै लगानी उठाउँछ।akshay kumar smiling 113866511

तर हालै रिलिज भएको रुस्तमले भने १०० करोड भारुको कमाइ पुरा गरेको छ।

यो वर्ष रिलिज भएका अक्षयको फिल्म ‘एयरलिफ्ट’ (१२७.८ करोड भारु) र हाउसफुल-३ (१०७.७ करोड भारु) पश्चात रिलिज भएको रुस्तमले ९ दिनमा १०१.३१ करोड भारु कमाएको हो।

संगै रिलिज भएको ऋतिक रोशनको फिल्म ‘मोहनजोदारो’ले राम्रो व्यवसाय नगरेको हुँदा रुस्तमको कमाई अझै बढ्ने देखिन्छ।

यो पनि पढ्नुस्।
अक्षय कुमारका फिल्म फ्लप हुँदैनन्? यस्तो रहेछ रहस्य