एजेन्सी ।

अब रणवीर सिंह क्रिकेट खेल्न सिक्ने भएका छन । उनलाई क्रिकेट बादशाह कपिल देवले क्रिकेट सिकाउने भएका छन । कबिर खानले १९८३ को क्रिकेट विश्वकपको बारेमा फिल्म बनाउँदैछन् जसको नाम ‘८३’ राखिएको छ । यो फिल्ममा रणवीर सिंह कपिल देवको भूमिकामा देखिदैछन ।

यसैले विश्चविजेता टिमको सदस्य कपिल देवले रणवीर लाई क्रिकेट सिकाउने भएका हुन । सन १९८३ मा कपिल देवको नेतृत्वमा भारतले विश्वकप जितेको थियो ।

कबीर खानका अनुसार फिल्मको पूरै टिम क्रिकेटको तयारीसँगै अगाडि बढ्नेछ । फिल्मको तयारीको लागि कलाकारहरुलाई क्रिकेटको तालिम दिने तयारी भइरहेको छ । जसमा विश्वविजेता टीमका सदस्य कोचको रुपमा प्रस्तुत हुनेछन ।

फिल्मको सुटिङ भने आउने वर्षदेखि हुनेछ । यो फिल्म कपिलदेवको वायोपिक नभई १९८३ मा विश्वकप जितेको कथा हुने बताइएको छ ।