२१ बैशाख, भक्तपुर ।

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको समृद्धिका लागि आफुले बनाएका सबै योजनामा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

रफत सञ्चार क्लबमा भएको कार्यक्रममा बोल्दै उनले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास, स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाईडको स्थापना गर्ने लगायतका योजना अघि सारेको बताए ।

उनले काठमाडौंलाई अन्य विदेशी शहरको नामबाट नभई काठमाडौंकै नामबाट विश्वभर चिनाउँने अभियानमा यहाँको समग्र विकासलाई अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।