५ असार, सर्लाही ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोलाई पितृशोक परेको छ । महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा निधन भएको हो ।

उनको गएराति २ बजे सर्लाहीको बबरगञ्ज स्थित निवासमै निधन भएको राजपाका नेता केशव झाले जानकारी दिए ।

आन्दोलनका लागि नेता महतो भैरहवामा रहेका बेला पिताको निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।