२८ साउन, महोत्तरी ।   अविरल वर्षाका कारण रातो नदीमा पानीको वहाव उच्च भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत  महोत्तरी र  धनुषा जोड्ने रातु पुल भासिने जोखिम बढेको छ। पुल भासिने जोखिम बढेपछि पुलमा भारी सवारी साधनको आवागमन बन्द गरिएको छ ।

हलुका सवारी मात्र जान दिइएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरिक्षक शालीग्राम  शर्माले बताए । उनका अनुसार पुल ४ इन्च भन्दा धेरै भासिएको  छ। आइतवार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्ने उनले बताए ।

४३ वर्षअघि बनेको पुल को क्षमता १० दशमलब २ मेट्रिकटन मात्र छ । तर दोब्बर भारका १६ चक्के र १८ चक्के मालबाहक ट्रकलाई समेत आवतजावतको अनुमति दिएकाले जोखिम बढेको हो । पुलबाट साना गाडी, यात्रु बस र ६ चक्केसम्मका सवारीलाई मात्र प्रहरीले अनुमति दिएको छ ।

तीन वर्ष पहिले साउन २९ गते बाढीले सो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो रहेको छ